जोगबनी नाका बन्द

जोगबनी नाका बन्द
+
-

विराटनगर- भारतीय भन्सार एजेन्ट्सको हड्तालका कारण विराटनगर जोगबनी नाका बिहीबार प्रभावित भएको छ।

नेपाल र भारत दुवै राष्ट्रको संयुक्त जाँच पोस्टसम्म मालसमान पुर्‍याउन खर्चिलो हुने भएकाले एजेन्टस् यथास्थितमै काम गर्न पाउनुपर्ने माग अघि सार्दै आएका छन्। सोही क्रममा उनीहरुले जोगबनी नाकाबाट नेपाल भित्रिने मालवाहक सवारीसाधन भारततर्फ नै रोकिएका छन्।

दैनिक २ सय देखि २ सय ५० वटा मालवाहक सवारीसाधन नेपाल भित्रिने क्रममा विहीबार सवारीसाधन शून्य रहेको विराटनगर भन्सारका सूचना अधिकृत सुशील थापाले बताए। उनले भने, ‘विहारको मिरगञ्जमा बाढीले पुल भत्काएपछि ठूला मालवहाक सवारीसाधन सुनसरीको भीमनगर हुँदै विराटनगर भित्रिने गरेको छ। त्यसमा आज भारतीय भन्सारमा काम प्रभावित हुँदा त्यसको असर हाम्रोतर्फ परेको छ।’

भारतीय कस्टम एजेन्टस् र भारतीय कस्टमका पदाधिकारीबीच चेकपोष्टसम्म सरसमान पुर्‍याउने विषयमा छलफल हुँदै आइरहेको छ।
केही महिनाअघि तराईमा गएको बाढीका कारण भारतको विहारस्थित मीरगञ्जमा भत्किएको पुल अझै पुनःनिर्माण हुन सकेको छैन। यसका कारण ३० टन भन्दा माथिको मालबाहक सवारीसाधन भीमनगरबाट भित्रिने गरेको छ।

उक्त पुल आउँदो जनवरी महिना मध्यबाट निर्माण गरिने भएको छ। त्यसैगरी विहारमा निर्माण सामग्रीको विरुद्धमा लालु यादव नेतृत्वको राष्ट्रिय जनता दलले पनि जोगबनी नाकामा प्रदर्शन गरेको छ। यसका कारण नेपाली भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ। विराटनगर भन्सार कार्यालयले पुसमा दैनिक ८ करोड गरी २ अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य लिएको छ।

यो पनि हेर्नुहोस्:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?