अध्यादेश तत्काल अनुमोदन गर्न प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई आग्रह

+
-

आग्रहकाठमाडौँ- पाँच राष्ट्रिय पार्टीहरुसँगको निष्कर्षविहीन छलफललगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटी राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशलाई अविलम्व अनुमोदन गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा कुनै ठोस सहमति नबने पनि पाँचमध्ये एमालेबाहेक सबै दलहरु एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठनको पक्षमा रहेकाले त्यसलाई अस्वीकार नगर्न प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग आग्रह गरेको बुझिएको छ।

प्रधानमन्त्री देउवाले बालुवाटार बैठकमा समयमै राष्ट्रिय सभा गठनसम्बन्धी विधेयक पारित नगरी अहिले विवाद उत्पन्न गरेको आरोप एमालेलाई लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

राष्ट्रपतिसँग अध्यादेशलाई अनिश्चित रुपमा थन्क्याएर राख्ने अधिकार नभएको तथा राष्ट्रिय सभा नबन्दासम्म संसदले पूर्णता नपाउने र निर्वाचनपछिका सबै प्रक्रियाहरुलाई त्यसले अबरुद्ध गर्ने हुँदा त्यसलाई अनुमोदन गर्न प्रधानमन्त्रीले आग्रह गरेको बुझिएको छ।

राष्ट्रपति भण्डारीले देउवासँग यस विषयमा दुईपटक र एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटी सहमतिमा पुग्न आग्रह गरेका छन्।

यो पनि हेर्नुहोस्:

प्रधानमन्त्री देउवा डडेलधुराबाट निर्वाचित

प्रधानमन्त्री पत्नी पछि परिन्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?