काठमाडौँ- वरिष्ठ स्नायु शल्यचिकित्सक तथा पूर्वस्वास्थ्य मन्त्री डा. उप्रेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकहरुले पशुपतिनाथमा आइतबार दिउँसो दीप प्रज्ज्वलन गर्ने भएका छन्।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले डा. देवकोटाको स्वास्थ्यअवस्था गम्भीर रहेकाले उनको स्वास्थ्य लाभको कामना गर्नुको विकल्प नभएको बताए। तर उनले डा. देवकोटालाई क्यान्सर भएको भन्नेबारे आधिकारिक जानकारी परिवारबाट आइनसकेको बताए।
डा. देवकोटा लण्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार गराइरहेका छन्। हालै सम्पन्न निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका पक्षमा प्रचारगरेलगत्तै उनले थकान महसुस गरेको र आराम तथा स्वास्थ्य जाँचका लागि पत्नी मधु देवकोटासाथ लण्डनतर्फ लागेका थिए।
उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्ने भएकाले आधिकारिकरुपमा रोगबारे जानकारी हुन सकेको छैन। ६३ वर्षीय डा. उपेन्द्र बाँसबारीस्थित न्युरो अस्पालका संस्थापक प्रमुख हुन्।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































