कालिकोटमा पुन: अनिश्‍चितकालिन कर्फ्‍यू

कालिकोटमा पुन: अनिश्‍चितकालिन कर्फ्‍यू
+
-

सुर्खेत- कालिकोटमा बिहान १० बजेदेखि पुन: अनिश्‍चितकालिन कर्फ्‍यू लगाइएको छ।

शनिबार बेलुका तीन बजेदेखि जारी गरिएको कर्फ्यु दुई घण्टाका लागि हटाइएको थियो ।

सर्वसाधारण र म्यादी प्रहरीले विभिन्‍न माग राख्दै प्रदर्शन जारी राखेसँगै स्थानीय प्रशासनले फेरी कर्फ्यू जारी राखेको हो।

घटनामा संलग्न प्रहरीलाई कारवाही गरिनुपर्ने, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राख्दै शनिबारदेखि कालिकोटमा प्रदर्शन जारी छ।

मन्त्रिपरिषदले मृतकलाई शहिद घोषणा नगरेसम्म प्रदर्शन जारी राख्‍ने म्यादी प्रहरीहरुको भनाइ छ।

प्रदर्शन जारी भएसँगै आज पनि कालिकोटबाट सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

शुक्रबार प्रहरीले चलाएको गोली लागेर विबेक ऐडीको मृत्यु भएको थियो। ऐडीको मृत्युपछि कालिकोट तनावग्रस्त बनेको थियो भने दुई वटा प्रहरी चेकपोस्टमा समेत तोडफोड गरिएको थियो।

यो पनि हेर्नुहोस्:

कालिकोटमा दुई घण्टाका लागि कर्फ्यू हटाइयो

तनावपछि कालिकोटमा निषेधित क्षेत्र घोषणा

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?