राष्ट्रपतिबाट क्रिसमसको शुभकामना

राष्ट्रपतिबाट क्रिसमसको शुभकामना
+
-

राष्ट्रपति विद्यादेवी भण्डारीले ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति,समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

आइतबार साँझ जारी शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल वहुभाषिक, वहुजातिय, वहुसांस्कृतिक, वहुधार्मिक विशेषताले भरिएको देश भएको उल्लेख गर्दै यहाँ मनाइने हरेक चाडपर्व राष्ट्रिय धरोहरका रुपमा रहेको र यी चाडपर्वहरुले विभिन्‍न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी छन्।

‘नेपालीहरुबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यमा हामी सबै केन्द्रित हुनुपर्छ भन्‍ने मलाइ लागेको छ,’ सन्देशमा छ।

राष्ट्रपति भण्डारीले भर्खरै सम्पन्‍न पहिलो प्रदेश तथा प्रतिनिधि सभाको ऐतिहासिक चुनावमा नेपाली मतदाताहरुबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्‍वास लिएकोसमेत उल्लेख गरेकी छन्।

‘आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ-आफ्नो स्थानबाट सक्दो योगदान गर्न सकेमा नेपालको चौतर्फि प्रगति छिटो हुनेछ भन्‍ने विश्‍वास लिदै इसाइ धर्मालम्वीहरुको यस पर्वले सबै नेपालीबीच वन्धुत्व प्रेम र एकताको भावना बढाई शान्त समुन्‍नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्‍ने कामना गर्दछु,’ सन्देशमा उल्लेख छ।

यो पनि हेर्नुहोस्:

विश्‍वभर क्रिसमस पर्व मनाइँदै

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?