सेती अस्पतालमा तिम्ल्याहा

+
-

सेती अञ्चल अस्पतालमा मंगलबार शल्यक्रिया गरेर तिम्ल्याहा बच्चा जन्मिएका छन्।

डोटीको जोरायल गाउँपालिका ४ का पुरन साउदकी श्रीमती तारा साउदले तीनवटा छोरी पाएकी छन्। सेती अञ्चल अस्पतालका स्त्री रोग विशेषज्ञ डाक्टर खगेन्द्र भट्ट, डाक्टर प्रतीक्षासिंह राठौर, डाक्टर नजमुसब्बा अन्सारी, डाक्टर नारायण पौडेलको टिमले शल्यक्रिया गरेका हुन्।

तीनवटै बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकहरुले बताएका छन्।

तिम्ल्याहाहरुको नाम स्वास्थ्यकर्मीहरुले नै जंगा, जमुना र सरस्वती जुराइदिएको बच्चाका बुवा पुरन साउदले जानकारी दिए।

साउदको यसअघि पनि दुई वर्षको छोरी छिन्। तीन/तीन बच्चा जन्माउन आमालाई गाह्रो हुने भएकाले चिकित्सकको सल्लाहमा शल्यक्रिया गरिएको साउदले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?