
काठमाडौं-सरकारले पूरातत्व विभागले तोकेको मापदण्ड अनुसार रानीपोखरीको निर्माण गर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको छ।
बिहीबार बिहान बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेको सरकार अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले देश सञ्चारसँग भने, ‘ रानीपोखरीमा देखिएको विवादमा पूरातत्व विभागको मापदण्ड लागू गर्ने गरी निर्माण गर्नू भन्ने काठमाडौ महानगरपालिकालाई निर्देशन भएको छ।’
यस्तै सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने कोरिया सरकारले दिएको केयू रिसर्च सेन्टरका लागि दिएको १० मिलियन डलर सहयोग लिने निर्णय गरेको छ।
यस्तै सरकारले दुवै मृगौला फेल भएका, स्पाइनल कड, मेरुदण्ड भाँचिएको र क्यान्सर पीडितत सबैलाई महिनाको पाँच हजार रुपैँया दिने निर्णय गरेको छ। यस्तै व्यावसायिक शिक्षा तालिमका लागि विश्व बैंकको करीब ६० अर्ब रुपैया स्वीकृत गर्ने निर्णय गरेको छ।
यसैगरी अस्थाइ राजधानी र प्रदेश प्रमुख नियुक्तिबारे मन्त्रीपरिषद्को अर्को बैठकले निर्णय गर्ने स्वास्थ्यमन्त्री दीपक बोहराले जानकारी दिए।
यो पनि हेर्नुहोस्: