जाडोले बाराको दलित बस्ती प्रभावित , न्‍यानो कपडा अभाव

जाडोले बाराको दलित बस्ती प्रभावित , न्‍यानो कपडा अभाव
+
-

बीरगञ्‍ज-केही यता पश्चिमी वायु पुनः सक्रिय भएका कारण कठ्याङ्ग्रिने जाडोमा बाराको तेलकुवामा रहेका मुसहर बस्तीका दलितहरु प्रभावित भएका छन् ।

एकसय ६० घरधुरी रहेको मुसहर बस्तीका अधिकांश फुसको घरमा गतिलो ओढ्ने ओछ्याउने कपडा अभाव भएकाले अत्यधिक चिसोमा जनजीवन नै कष्टकर भएको ७० वर्षीय तनु माझीको गुनासो छ ।

लोकतन्त्र प्राप्तिपछि देशमा ठूलाठूला परिवर्तन भए पनि तेलकुवाका मुसहरहरुको जीवनमा परिवर्तन आउन नसकेकाले कठ्याङ्ग्रिने जाडो छल्न आगोको सहारा लिनुपर्ने बाध्यता रहेको बाबुलाल माझी पिडा सुनाए।
सधैँभरि अभाव र पीडाबीच गुज्रिएका मुसहर छानाविहीन छाप्रोमा बस्नु पर्ने बाध्यताका कारण विभिन्न रोगबाट प्रभावित भएको सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवको भनाइ छ ।

कलैयाको बरियारपुर सडकखण्डको भुतहीपुलदेखि करिब दुई किमीको दूरीमा रहेको सो बस्ती छेउबाट खोला बगेको छ । साउनको अन्तिम साता आएको वर्षाका कारण बाढीले बस्तीका लत्ताकपडा बगाएर लगेको पीडा ताजा नै छ भने अर्काेतिर जाडो र शीतलहरको कहर पनि हामीमाथि नै थपिएकाले हाम्रो जीवन कष्टकर बन्न थालेको भरछिया माझीले गुनासो गरे।

जाडो बढ्दै गएपछि बाराको दलित बस्तीमात्र नभएर पर्सालगायत प्रदेश नं २ को जनजीवन कष्टकर बन्दै गएको छ । बढ्दो चिसोले निमोनिया, दम र डायरियाका बिरामी बढ्न थालेको स्वास्थ्य संस्थाको भनाइ छ ।

जाडो बढ्न गएकाले शीतलहर र हुस्सुका कारण यातायात क्षेत्र, दैनिक मजदुरी गर्ने मजदुर बालबालिका वृद्धवृद्धा प्रभावित भएका छन् भने चिसोका कारण मानिस घरबाहिर निस्कन सकेका छैनन्। अधिकांश मानिस चिसोबाट बच्न आगोको साहारा लिन थालेका छन् । शीतलहरका कारण किसानले खेतबाट धान उठाउन र गहुँ खेती पनि गर्न सकेका छैनन्। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?