काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गो लगाएको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार दिउँसो बसेको पार्टीको केन्द्रीय समितिको बैठकले समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नामावली टुङ्गोे लगाएको हो।
टुङ्गोे लगाइएको नामावली शुक्रबार निर्वाचन आयोगमा पठाउने तयारी गरिएको पार्टी प्रवक्ता पम्पा भूषालले जानकारी दिइन्।
बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको पनि उनले जानकारी दिइन्। (रासस)
यो पनि हेर्नुहोस्:
प्रदेशसभाको समानुपातिक सूचीमा वरियताक्रम हेरफेर नगर्न आयोगको निर्देशन

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































