हात्ती महोत्सव लक्कीकली प्रथम

हात्ती महोत्सव लक्कीकली प्रथम
+
-

चितवन: चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ ।यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्‍न भएको हो।

महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फाष्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ ।

हिमालयन जर्नीको एकताकली दोस्रो र कोकाकोलाबाट सहभागी अनारकली तेस्रो भएको आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिए।

सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरीको ताज भने होटल पार्क साइडको पुजाकलीले जितेकी छिन्।

यस्तै हात्ती पेन्टिङमा भने पुनक कलिले जित्यो। हात्तीको फुटबलमा चौधरी ग्रुपले जितेको छ ।

फुटलमा कुमारी बैंकलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै सिजीले उपाधि जितेको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए।

हात्ती पोलोमा माउन्ट एभरेष्ट ग्रुपले जितेको छ । उसले मेघा बैंकलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको हो।

यसपाली गाडा डुंगा र टाँगा दौड कार्यक्रम हटाइएको थियो । हात्तीको वनभोज कार्यक्रमसमेत भएको आयोजकले जनाएको छ।

हात्ती महोत्सवले सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गराएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताए।

नेपालमै यो महोत्सव अन्य महोत्सवभन्दा फरक खालको हुने गरेको छ।  रासस

यो पनि हेर्नुहोस्:

यस वर्षदेखि हात्तीपोलो नहुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?