दाङ– गाउँपालिकाको केन्द्र फेरबदल गर्न थालेपछि यसले विवादको रुप लिन थालेको छ।दाङ जिल्लाको एउटा गाउँपालिकाको यस्तै विवाद अदालत सम्म पुगेको छ।
वडाअध्यक्ष र केही सदस्यले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए। उच्च अदालत तुलसीपुरले बबई गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न अन्तरिम आदेश जारी गरेको हो।
उच्च अदालतमा परेको रिट निवेदनमाथि छलफल गर्दै अदालतले केन्द्र नसार्न र पुरानै स्थानमा केन्द्र राख्न अन्तरिम आदेश जारी गरेको अदालतले जनाएको छ।
अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र ईश्वरराज आचार्यको इजलासले तत्काललाई केन्द्र नसार्न आदेश जारी गरेको छ।
साथै हंसपुरबाट काम गर्न पनि अदालतले आदेश जारी गरेको हो। बबई गाउँपालिकामा केन्द्र हंशपुरबाट हापुरेमा सारिएको विषयले विवाद भएपछि अदालतसम्म पुगेको हो। रिट निवेदनका विषयमा भने फैसला गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुरले जनाएको छ।
यो पनि हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































