
काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा एमाले समर्थित अनेरास्ववियुले मंगलबार दिउँसो गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा एक प्रहरी घाइते भएका छन्।
सरकारले सोमबार रातिदेखि लागू हुने गरी पेट्रलियम पदार्थमा मूल्यबृद्धि गरेपछि अनेरास्ववियुले विरोधको कार्यक्रम राखेको थियो।
राजधानीको घन्टाघरस्थित त्रिचन्द्र कलेजअगाडि अनेरास्ववियुका विद्यार्थीले पेट्राेलियम पदार्थको मूल्यबृद्धिकाे विराेध गर्ने क्रममा प्रधानमन्त्रीकाे पुतला बाेकेर डुलाउने क्रममा रोक्न खोज्दा क्रममा प्रहरीसँग झडप भएको थियो। प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले अश्रु ग्यास प्रहार गर्दा एक प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ।
तस्बिरहरु:सुलभ श्रेष्ठ
यो पनि हेर्नुहोस्: