
जनकपुरधाम-अत्यधिक चिसो बढेपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै धनुषाका सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन्।
जिल्ला शिक्षा कार्यालय धनुषाले बुधबारदेखि जिल्लाभरिका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
जाडोसँगै चलेको शीततलहरले विद्यालयमा विद्यार्थीको उपस्थिति घटेको र विद्यार्थी तथा शिक्षकहरुहरु बिरामी पर्न थालेकाले मंगलवार सूचना सार्वजनिक गरी तीन दिनका लागि जाडो बिदा दिइएको धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दानीकान्त झाले जानकारी दिए।
प्रदेश नम्बर २ मा पर्ने बारा, पर्सा र रौतहट लगायतका जिल्लामा चार दिनअघिदेखि नै जाडो विदा भइसकेको छ। सामुदायिक विद्यालयहरुमा दिइएको जाडो बिदा बार्षिक विदाहरुबाट कट्टा गरिने सहायक जिशिअ झाले बताए।
यो पनि हेर्नुहोस्:
शीतलहरले पाँच दिन विद्यालय बन्द