सातै प्रदेशका अस्थायी मुकामकाे खाका तयार, कहाँ कहाँ?

सातै प्रदेशका अस्थायी मुकामकाे खाका तयार, कहाँ कहाँ?
+
-

काठमाडौँ- सरकारले सातै प्रदेशका अस्थायी मुकामकाे खाका तयार पारेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रदेश प्रमुखको नियुक्ति भएको अवस्थामा तत्कालको लागि कार्यसञ्चालनका लागि अस्थायी मुकामको खाका तयार पारिएको बताए।

उनले शहरी विकास मन्त्रालय गरेको अध्ययन र प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि सातवटै प्रदेशका अस्थायी मुकामको खाका तयार पारिएको जानकारी दिए।

उनले १ नम्बर प्रदेशको विराटनगर, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेशको भक्तपुर ठिमी, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको दाङ, ६ नम्बर प्रदेशको सुर्खेत र ७ नम्बर प्रदेशको धनगढी अस्थायी मुकाम प्रस्ताव गरिएको बताए।

शहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले स्थलगत अध्ययन गरी ती स्थानमा मुकाम प्रस्ताव गरेको थियो।

अस्थायी राजधानीको तोक्ने अधिकार मन्त्रिपरिषदको भएको भन्दै पन्थीले कर्मचारीहरुले खाका मात्र तयार पारेको बताए।

संवैधानिक रुपमा प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभामा छ। प्रदेश सभाको दुई तिहाइ बहुमतले प्रदेश राजधानीको अन्तिम टुंगो लगाउन सक्छ।

यो पनि हेर्नुहोस्: 

प्रदेश समानुपातिक सूची रुजु युद्धस्तरमा

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’