
काठमाडौं–पेट्रोलियम पदार्थको मूल्य वृद्धिबिरुद्ध राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।
बर्ताैलाको टाउकोमा गम्भीर चोट लागेको उनीनिकट विद्यार्थीले जानकारी दिएका छन्। लाठी प्रहारबाट उनको टाउको फुटेर रक्ताम्य भएको थियो।
यो पनि हेर्नुहोस्:
त्रिचन्द्रअगाडि प्रहरीसँग विद्यार्थीको झडप, अश्रुग्यास प्रहार, एक प्रहरी घाइते