
काठमाडौँ- एमालेका अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण वाम गठबन्धन तथा अन्य राजनीतिक मुद्दामा शीर्ष तहको बैठक अवरुद्ध भएको छ। केही दिनदेखि अस्वस्थ रहेका केपी ओली मंगलबार पूर्ण स्वस्थ भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका हुन्।
ओलीको अस्वस्थताबारे केही दिनदेखि अनुमान भइरहेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओलीको अस्वस्थताका कारण वार्ता हुन नसकेको जानकारी मंगलबार पार्टीको विस्तारित बैठकलाई दिएका थिए।
जानकार स्रोतक अनुसार ओलीलाई दुई दिनदेखि पखाला चलेको र उनी घरमा आराम गरिरहेका छन्। ओलीका प्रेस संयोजक अधिकारीले ओलीलाई ‘फुड प्वाइजन’ भएको र अहिले पूर्ण स्वस्थ भइसकेको जानकारी दिए।
यो पनि हेर्नुहोस्: