पूर्वडिआइजी तथा सांसद सिलवाल ‘फरार होइनन्’

+
-

काठमाडौँ- नेकपा (एमाले) का तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका छन्।

सिलवाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले दाबी गरे।

सिलवालमाथि मंगलबार नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनी एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया पुगेका हुन्।

प्रहरी महानिरीक्षक (आईजी) नियुक्ति विवादमा सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन (कासमु) फाइल किर्ते भएको अदालतले निष्कर्श निकालेको थियो।

सर्वोच्चले यस विषयमा संलग्नहरुको पहिचान गरी कारबाही गर्न आदेश दिएको थियो। केही साताअघि काठमाडौं प्रहरी परिसरमा उक्त विषयमा सरकारी दस्तखत तथा छाप कीर्तेमा मुद्दा दर्ता भएपनि कसैविरुद्ध किटानी जाहेरी दर्ता भएको थिएन।

यो पनि हेर्नुहोस्: 

सा‌ंसद सिलवाललाई बयानका लागि बोलाइयो

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?