पूर्वराजाले मुस्काउँदै भने, देशको अवस्था ठीकै छ

पूर्वराजाले मुस्काउँदै भने, देशको अवस्था ठीकै छ
+
-

धनगढी-पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्था ठिकै भएको प्रतिक्रिया दिएका छन्।

बुधबार धनगढीमा शिवपुरी धामको दर्शन र पूजाआजा सकेपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै शाहले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘देशको अहिलेको अवस्थाप्रति तपाईको भनाइ के छ ?’ संवाददाताहरुको प्रश्नमा उनले मुस्काउँदै ‘देशको अवस्था ठिकै छ, म यो बारेमा अहिले केहि भन्न चाहन्न’ भने।

पूर्वराजाले शिवपुरी धाममा निर्माण भएका धार्मिक संरचना आफूलाई मन परेको भन्दै प्रशंसा गरे। उनले आफूलाई शिवपुरी धार्मिक क्षेत्रमा बोलाएर पूजाआजाको अवसर प्रदान गरेकोमा व्यवस्थापकहरुलाई धन्यवाद दिए।

बिहीबार बिहान मोटर चढेर आएका पूर्वराजा ज्ञानेन्द्रले करिव ४५ मिनेट शिवपुरी धाममा पुजाआजा गरेका हुन्। पूर्वराजाको स्वागतका लागि गाउँगाउँबाट ठूलो संख्यामा समर्थकहरु आएका थिए।

उनीहरुले राजसंस्थाका पक्षमा नाराबाजी गर्दै पूर्वराजाको जयजयकार गरे। पूर्वराजाले सडकमा लामबद्ध भएका समर्थकहरुबाट पुष्पगुच्छा ग्रहण गर्दा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो। राजावादीहरुले राजा आउ देश बचाऊ, अबको आस्था राजसंस्था लगायतका नारा घन्काएका थिए।

उत्तरबेहडीको शिवपुरी धाममा पूजा सकेर पूर्वराजाले धनगढीको जलशा होटलमा दिवा खाना खाएका थिए।

पूर्वराजाको स्वागतमा धुर्रिएका सर्वसाधारण।

पूजाआजा गर्दै पूर्वराजा।

पूर्वराजाको स्वागतमा पञ्चकन्या।

पूर्वराजासँग भेट गर्न लामबद्ध सर्वसाधारण।

यो पनि हेर्नुहोस्: 

पूर्वराजा कार चलाएर सुटुक्क बाहिर निस्केपछि …

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?