धनगढीमा भोलिदेखि सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकप

धनगढीमा भोलिदेखि सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकप
+
-

धनगढी- धनगढी रंगशालामा शुक्रबारदेखि सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

शुक्रबार दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए। उनले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्ट्स क्लब र काठमाडौँको ए डिभिजन च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

माघ १ गतेसम्म हुने प्रतियोगीतामा चर्चित फुटबल क्लब मनाङ मर्स्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, सहारा क्लब पोखरा, अग्नि रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपीएफ क्लब, काठमाडौं, ड्रुक स्टार क्लब भुटान, च्यासल युथ क्लब र थ्री स्टर क्लब गरी १२ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन्।

प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १११, उपविजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडलसहितको पुरस्कार प्रदान गरिने छ। यस्तै विभिन्न विधाका उत्कृष्टहरुलाई १५/१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’