
दाङ–पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार ( आज ) दाङ आउने कार्यक्रम छ।
पश्चिम नेपालको भ्रमणमा निस्कlएका उनी आज दाङ आउन लागेका हुन्। पूर्व पश्चिम राजमार्ग हुँदै लमही भएर उनी घोराही पुग्ने कार्यक्रम छ। राजमार्गबाट जाने भएकाले उनको स्वागत अर्जुनखोलामा बिहान ९ः३० बजे गर्ने तयारी गरिएको छ।
दाङको अम्विकेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ। पूर्वराजा ज्ञानेन्द्रले अम्विकेश्वरी मन्दिर र गोरक्षरतननाथ मन्दिर चौघेरामा पुगेर पूजा गर्ने कार्यक्रम रहेको प्रचार विभाग समिति दाङका संचार संयोजक पूर्णचन्द्र धितालले जानकारी दिए।
अम्विकेश्वरी मन्दिरमा करिब आधा घन्टा पूजाआजपछि सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम रहेको संचार संयोजक धितालले बताए। दिउँसो अम्विकेश्वरी मन्दिरमा पूजा र भेटघाट पछि चौघेरामा रहेको रतननाथ मन्दिरमा पुगेर पूजा गरी डोको होटलमा गएर बस्ने व्यवस्था मिलाइएको छ। होटेलमा करिब दुई घन्टासम्म बस्ने कार्यक्रम छ। त्यसपछि नेपालगञ्ज नै फर्किने कार्यक्रम तय गरिएको समितिले बताएको छ।
यो पनि हेर्नुहोस्: