
काठमाडौं- भिएस निकेतन स्कुलका संस्थापक प्रिन्सिपल एवं पूर्वसांसद बाबुराम पोखरेलको आइतबार बिहान निधन भएको छ।
७२ वर्षीय पोखरेलले बिहान घरमा केही असहजता महसुस गरेपछि उनलाई उपचारको लागि नर्भिक अस्पताल लगिएको थियो। तर, अस्पतालका डाक्टरले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
पोखरेलको पार्थिव शरीर झम्सिखेलस्थित निवासमा राखिएको छ। उनका आफन्त, नातेदार, इष्टमित्र र शुभेच्छुक ठूलो संख्यामा अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका छन्।
उनका जेठा छोरा विदेशबाट सोमबार बेलुका मात्र फर्किने हुँदा अन्तिम संस्कार मंगलबार मात्रै गरिने पारिवारिक स्रोतले दिएका छन्।
यो पनि हेर्नुहोस्: