
धनगढी- प्रदेश राजधानीको माग गर्दै आन्दोलनमा रहेका दिपायलका बासिन्दाले आइतबार दिउँसै दीप प्रज्वलन गरेका छन्।
सरकारले चार दिनदेखिको आमहड्ताल सहितको आन्दोलन नदेखेझैँ गरेको भन्दै आन्दोलनकारीले दिउँसै दीप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘हाम्रो आन्दोलन सरकारले नदेखेझैँ गर्यो, त्यसैले दिउँसै दीप प्रज्वलन गरेर सरकारको ध्यानाकर्षण गराएका हौँ,’ आन्दोलनका अगुवा दिपक खड्काले भने।
प्रदेश राजधानीको माग गर्दै दिपायलमा चार दिनदेखिको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ।
यो पनि हेर्नुहोस्: