गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय-बिजुक्छे
+
-

भक्तपुर-नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको विचार व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘एमाले र माओवादी केन्द्रबीच रहेको वाम गठबन्धन तोड्न बाह्य शक्ति नै लागेको छ, त्यसमाथि पनि मधेशवादी दल पनि दुई पार्टीको एकतामा भाँजो हाल्ने काम गर्दैछन।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुरमा सुशासन कायम हुन नसकेको, सरकारी अड्डामा भ्रष्टाचार बढ्दै गएको, सेवाग्राहीले सास्ती भोग्दै गएको र प्राकृतिक सम्पदाको दोहन हुँदै गएको बताउँदै यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ द्रोण पोखरेलले भक्तपुरका समाचार सम्प्रेषण गर्दा सत्यमा आधारित रहेर गर्न आग्रह गरे।

पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारको पेशागत र सुरक्षाका चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। त्यस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सदस्य एवं ‘मजदूर दैनिक’का सम्पादक सरोजराज गोसार्इं, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा बजगाईं, चौतारी भक्तपुरका उपाध्यक्ष रामचन्द्र प्रजापति, प्रेस युनियन भक्तपुरका उपाध्यक्ष रोशन शिल्पकार, राष्ट्रिय नेवा देय दबुका अध्यक्ष केके मानन्धर, मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठलगायतले भक्तपुरको विकासका लागि संगठित भएर मिसन पत्रकारिता शुरु गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएवापत क्लब भक्तपुरका अध्यक्ष सुशीलबन्धु थापालाई दुई हजार २०० सहित यस वर्षको ‘मैयादेवी शिल्पकार स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो। रासस

यो पनि हेर्नुहोस्:

सत्ता हस्तान्तरण सहज बनाऊ-बाम गठबन्धन

जनादेश अनुसार गठबन्धन सरकार चलोस्: डा.कोइराला

‘मधेसी गठबन्धनका आधारमा प्रदेश २ को सरकार’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?