केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश

केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश
+
-

काठमाडौँ- गोविन्द केसीको आन्दोलनले चार वर्षअघि बर्खास्तीमा परेका त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डीन डा. शशि शर्मालाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न आदेश दिएको छ।

प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई पुनर्बहाली गराउन सरकार र त्रिभुवन विश्वबिद्यालयलाई आदेश दिएको हो।

शर्मा २०७० पुस २५ गते आइओएमको डीनमा नियुक्त भएका थिए।

पुस २७ देखि डाक्टर गोविन्द केसीले अनसन सुरु गरे पछि तत्कालीन सरकार प्रमुख एवम् त्रिविका कुलपति खिलराज रेग्मीले उनलाई डिनबाट हटाउन आदेश दिएपछि त्रिवि कार्यकारी परिषद्ले ०७० माघ ८ मा शर्मालाई बर्खास्त गरेको थियो।

शर्मा उक्त निर्णयलाई चुनौती दिँदै फागुन १ गते सर्वोच्च पुगेका थिए।

शर्माको रिटमा पहिलो सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्कीको इजलासले फागुन ११ गते अन्तरिम आदेश जारी गरेको थिएन।

उक्त रिटमा आइतबार अन्तिम सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीको नेतृत्वको इजलासले शर्मालाई हटाउने निर्णय गैरकानुनी भएको ठहर गरेको हो।

शर्माको बर्खास्तीपछि वरिष्ठताको आधारमा डा राकेश श्रीवास्तव डीन नियुक्त भएका थिए। श्रीवास्तवले राजीनामा दिएपछि हाल जगदीशप्रसाद अग्रवाल डीन छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले यसबारे अदालतको पत्र प्राप्त भएपछि उचित निर्णय लिइने देशसञ्चारसँग बताए।

यो पनि हेर्नुहोस्:

सिमेन्ट , छडको मूल्यबृद्धि फिर्ता नदिए आन्दोलनको चेतावनी

किस्ट अस्पतालका कर्मचारी आन्दोलनमा, सेवा प्रभावित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?