उर्लाबारी- मोरङको रतुवामाई नगरपालिका–९ स्थित उर्लाबारी– बरडंगा सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आइतबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ।
उर्लाबारीबाट बरडंगातर्फ जाँदै गरेको मे१त ५९५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को१२प ६२८७ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–९ का ४५ वर्षीय चोमनाथ गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते गौतमलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका बेला दुवै सवारी साधन तीव्र गतिमा रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)
यो पनी हेर्नुहोस्: