चिसो बढेपछि कैलाली कञ्चनपुरका विद्यालयहरु पनि बन्द

+
-

धनगढी- तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलाली र कञ्चनपुरका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन्।

कैलालीमा अब पुस महिनाभरि सामुदायिक विद्यालय बन्द रहने जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए।

चिसो बढिरहेकाले पुस मसान्तसम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

अभिभावकहरुले छोराछोरीलाई विद्यालय पठाउन चिसोले समस्या पारिरहेकोले बन्द गर्न गरिएको अनुरोधलाई विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएपछि साुमदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए।

उता कञ्चनपुरमा पनि तीन दिनका लागि विद्यालय बन्द गरिएका छन्। जिल्ला शिक्षा कार्यालयले कञ्चनपुर जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा सोमबारदेखि तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले चिसो बढेकाले पुस २४, २५ र २६ गते सामुदायिक विद्यालयहरुलाई जाडो बिदा दिन परिपत्र गरिएको जानकारी दिए।

चिसोका कारण गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रहेका नागरिकहरुको स्वास्थ्य प्रभावित भएको छ।

पछिल्लो पाँच दिनदेखि हुस्सुले आकाश ढाकेपछि तापक्रम ओरालो लागिरहेको छ। कैलाली कञ्चनपुरमा अधिकतम तापक्रम १० डिग्रीसम्म झरेको छ। न्यूनतम तापक्रम र अधिकतम तापक्रमको दुरी जति कम भयो त्यती धेरै चिसो महसुस हुने मौसमविदहरुको भनाइ छ।

यो पनी हेर्नुहोस्: 

चिसोका कारण मोरङमा पनि पठनपाठन प्रभावित

भाइरल ज्वरोले जाजरकोटमा थप तीनको मृत्यु, विद्यालय बन्द

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’