अदालतको आदेशमा मंगलबार बिहान सर्वोच्च अदालत उपस्थित गराइएका डा. गोविन्द केसीको इजलास तोकिएको छ। उनको मुद्दा हेर्न दुई नम्बर इजलास तोकिएको हो।
ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा मंगलबार मध्यान्ह केहीबेरमै केसी मुद्दामा बहस सुरु हुनेछ।
डा. गोविन्द केसीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी सुरेन्द्र भण्डारीले बहस गर्ने भएका छन्। साथै अधिवक्ता ओम प्रकाश अर्याल र इन्दु तुलाधरलगायले वरिष्ठ अधिवक्तालाई बहस सघाउने छन्।
यस्तै डा. केसीको विपक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलगायतले बहस गर्ने बताइएको छ।
यो पनि हेर्नुहोस्:
क-कसले बहस गर्दैछ डा. केसीको पक्ष र विपक्षमा?
केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन