प्रदेश प्रमुख र राजधानी तोक्‍न दलीय सहमित आवश्यक-मन्त्री बस्‍नेत

प्रदेश प्रमुख र राजधानी तोक्‍न दलीय सहमित आवश्यक-मन्त्री बस्‍नेत
+
-

मोरङ- सूचना तथा सञ्‍चारमन्त्री मोहनबहादुर बस्‍नेतले बाम गठबन्धनका कारण प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा सरकार अप्ठ्यारोमा परेको दाबी गरेका छन्। विराटनगरमा मंङलबार आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्‍नेतले भने, ‘ सर्वदलीय बैठकमा वामगठबन्धनले प्रदेश राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा सहमति जनाएन।

यसले सरकारलाई अहिले अप्ठ्यारो भइरहेको छ।’ मन्त्री बस्‍नेतले मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने निर्णय गरे पनि दलिय सहमति बिना प्रदेशको राजधानीको विषय भने यथावत नै रहने बताए। उनले भने, ‘प्रदेशको राजधानी तोक्ने विषयमा अन्यौलता बढ्दै जाँदा समस्या निम्तिन सक्छ, त्यसैले चाडो यस विषयलाई टुङयाउनु आवश्यक छ।’

सोही क्रममा संवैधानिक प्रक्रिया पुराएर काङ्ग्रेस सत्ताबाहिर आउन तयार रहेको उनको भनाई थियो। उनले भने, ‘सत्ता छाड्नु ठूलो कुरा भएन, तर प्रक्रिया पुराएर विधिसम्मत कार्य गर्दा त्यसले महत्व राख्छ।’

रमाप्रसाद-मायादेवी पत्रकारिता पुरस्कार देशसञ्‍चारकर्मी राई पुरस्कृत

यस्तै रमाप्रसाद–मायादेवी पत्रकारिता पुरस्कारबाट देश सञ्‍चारकर्मी अभयकुमार राई पुरस्कृत भएका छन्।

राईसँगै शैलेजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट शंकर खरेल, विक्रम निरौला र रुपेन्द्र शेर्मा पुरस्कृत भए भने भारती उपाध्यायलाई महिला पत्रकार र किरण न्यौपानेलाई युवा पत्रकार पुरस्कार दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

नेपाल प्रेस यूनियन मोरङद्धारा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, महानगरपालिका प्रमुख भीम पराजुलीलगायतको उपस्थिति रहेको थियो।

 

 

यो पनि पढ्नुहोस्…

प्रदेश प्रमुख तोक्नेबारे अझै अन्योल

‘सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छौँ’

प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबारे एमाले लचक

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’