
धनगढी- डाक्टर गोविन्द केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले धनगढीमा पनि प्रदर्शन गरेका छन्।
डा. केसी पक्राउको विरोध र उनले उठाएको मागप्रति ऐक्यवद्धता जनाउँदै धनगढीमा भागेश्वर एकडेमीका विद्यार्थी र दारी ग्याङले प्रदर्शन गरेको हो।
सेती अञ्चल अस्पताल अगाडिबाट जुलुस निकालेका उनीहरुले डाक्टर केसीलाई तत्काल रिहाइ गर्न भन्दै चर्का नारा लगाएका थिए।
‘हाम्रो स्वास्थ्य हाम्रो हातमा,’ ‘हामी डाक्टर केसीको साथमा’, ‘डाक्टर केसीलाई रिहाइ गर’, ‘उहाँका माग पूरा गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको हो।
उनीहरुले डा. केसीलाई तत्काल नछोडिए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
डाक्टर केसीका माग पूरा गर्नुको साटो पक्राउ गर्नु अत्यन्त लज्जास्पद काम भएको दारी ग्याङका धनगढी संयोजक दिनेश बोहराले बताए।
प्रदर्शनका क्रममा युवाहरुले बोकेको व्यानरमा डा. केसीको रिहाइ नगरे आफूहरुलाई पनि पक्राउ गर्न चेतावनी दिइएको थियो।
यो पनि पढ्नुहोस्…
केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन
डा. केसीमा तीन समस्या, औषधि लिन अस्वीकार
डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’