म रैती होइन, सार्वभौम देशको नागरिक हुँ- डा.केसी

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ- डा.केसी
+
-

काठमाडौं- डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा आफू रैती नभई सार्वभौम देशको नागरिक भएको बताएका छन्।

बुधबार अदालत मानहानि प्रकरणमा न्‍यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बोल्‍दै उनले भने, ‘म रैती होइन, सार्वभौम देशको नागरिक हुँ।’

उनले आफू सार्वभौम देशको नागरिक भएकाले संविधानले नै बोल्‍न पाउने अधिकार दिएको बताए।

उनले भने, ‘मलाई सार्वभौम संविधानले फ्रिडम अफ एक्सप्रेसनको अधिकार दिएको छ। त्यसैले म रैती होइन, सार्वभौम देशको नागरिक हो। मैले अदालतको मानहानि गरेको छैन। ‘

डा.केसीले अदालतको संयुक्त इजलासमा न्यायाधीशद्वय भण्डारी र श्रेष्ठसँग आफ्नो अभिव्यक्ति राख्ने क्रममा उक्त कुरा बताएका हुन्।

यता, सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाश केसी, रमण श्रेष्ठ र श्‍याम खरेलले बहस सकेका छन्।

सरकारको तर्फबाट बहस सकिएपछि डा.गोविन्द केसीले अदालतमा बोल्‍न सुरु गरेका थिए।

यसअघि सर्वोच्चले मंगलबार डा. केसीसँग लामो बयान लिएको थियो।

बयानका क्रममा डा. केसीले सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि विभिन्‍न आरोप लगाएका थिए।

यता, प्रधानन्यायाधीश  गोपालप्रसाद पराजुलीको राजीनामा माग्‍दै केसीका समर्थकहरुले माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरुले केसीको रिहाको समेत माग गरेका छन्।

यो पनि पढ्नुहोस्…

डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’

प्रहरी नियन्त्रणमा सत्याग्रही डा. केसीको एक दिन

डाक्टर केसीसँग सोधिएका १४ प्रश्न र जवाफ

डा.केसीको मुद्दामा बहस सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?