केसीविरुद्ध बोलेपछि निधिको खोइरो

+
-

काठमाडौं– कांग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले अदालतको मानहानि खेपिरहेका सत्याग्रही डा. गोविन्द केसीविरुद्ध बोलेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका छन्।

निधिले म‌गलबार साँझ केही मिनेटकाे अन्तरमा दुई वटा ट्विट गरेका थिए।

पहिलो ट्वीटमा ‘अदालतको अवहेलना र अनशन – दुबै फैशन हुन लागेको छ। नानीमैंयांप्रवृतिको लोकप्रियता बुद्धिविलासकोलागि त रमाईलै होला। तर, व्यवस्थापकीय एवं शासकीय उत्पादनको लागि कति बुद्धिमत्तापुर्ण हुन्छ ख्वै !!?’ लेखेका निधिले लगत्तै अर्को ट्वीट गरेका थिए, ‘‘ सरकार, संसद, र अदालत –तीनवटै (राज्यको अंग) मैले भनेअनुसार नै चल्नुपर्छ। एम द स्टेट होइन र यो ? नानी मैयाको पुलिंग अवतार र भक्तहरु…’

उनकाे पहिलाे ट्विटमा ५९ वटा प्रतिक्रिया प्राप्त भएकाे थियाे जसमा अधिका‌ंशले निधिकाे कटु अालाेचना गरेका थिए। ‘तपाईंको बुद्धि विवेककले सोच्न सक्ने यति नै त हो, यो भन्दा माथि सोच्न सक्ने भाको भए न त गोपाल पराजुली जस्ता न्यायाधीश बन्थे, न त डा केसी जस्ता निष्ठाका प्रतीकलाई राज्यले यस्तो अचाक्ली गर्थ्यो’ राजेन्द्र प‌ंगेनीले प्रतिक्रिया दिएका थिए।

यसैगरी दाेस्राे ट्वीटमा १ सय १६ वटा प्रतिक्रिया प्राप्त भएकाे थियाे। तर यसमा पनि अधिका‌शले निधिकाे कटु अालाेचना गरेका  थिए। ‘भारतमा गान्धीलाई पनि एस्तै आरोप लाउँथे होला, मेडिकल माफियासङ्ग कति वटा आन्द्रा जोडिएको छ निधिजी’ सराेज गाैतमकाे प्रतिक्रिया थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?