डा. केसीलाई सामान्य तारेखमा छाड्न सर्वोच्चको आदेश, प्रधानन्यायाधीशको नागरिकता र प्रमाणपत्र पनि झिकाउनू

+
-

काठमाडौंसर्वोच्च अदालतको मानहानि मुद्दा खेपेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश सर्वोच्च अदालतले गरेको छ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बुधबार भएको दुवै पक्षको बहसपछि मुद्दालाई निरन्तरता दिँदै डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको हो।

आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका दुवै नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र पत्र झिकाउन भनिएको छ। यसअघि शशि शर्माका पक्षमा सर्वोच्चले गरेको फैसलाको मिसिल पनि झिकाउन इजलासले आदेश दिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीका अनुसार  केसी पक्षका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा केसीलाई छाडिएको हो। डा. केसीले अदालतको अनादर भए माफी चाहन्छु भनेकाले उनलाई साधारण तारेखमा रिहा गरिएको प्रवक्ता पन्थीले जानकारी दिए।

यो पनि पढ्नुहोस्…

ककसले बहस गरेका थिए डा. केसीका विपक्षमा?

रिहापछि भावी आन्दोलनको स्वरुप तय गर्न डा. केसी व्यस्त

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?