डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा उनको विपक्षमा अर्थात उनलाई मानहानिमा सजाय तोक्नुपर्छ भन्ने पक्षमा वरिष्ठ अधिवक्ता श्याम खरेल, रमणकुमार श्रेष्ठ, अधिवक्ताहरु टीकाबहादुर हमाल, शिवप्रसाद रिजाल, माधवकुमार बस्नेत, ज्ञानेन्द्रराज आरण, शिवकुमार यादव, शोभा कार्की, देवी रेग्मीलगायतले बहस गरेका थिए । उनीहरुले डा. केसीले अदालतको अवहेलना गरेको जिकिर गर्दै कानुनबमोजिम सजाय हुुनुपर्ने बताएका थिए।
डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी, एकराज भण्डारी, गोपाल शिवाकोटी अधिवक्ता विजय मिश्र, ओमप्रकाश अर्याल, मेजर इन्द्र अर्याललगायतले बहस गरेका थिए।
यो पनि पढ्नुहोस्…
९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले सुरु गरे केसीका पक्षमा बहस