प्रदेश नं १ को राजधानी धनकुटा बनाउन माग, बन्दले जनजीवन प्रभावित

+
-

धनकुटा-प्रदेश नं १ को राजधानी धनकुटा बनाउन सरकारलाई दबाब दिन यातायात सेवा बन्दका गरेका कारण कोशी पहाडको जनजीवन कष्टकर बन्दै गएको छ।

धनकुटा बजारमा आज प्रदर्शन गर्दै कोशी राजर्मागमा निस्किएका धनकुटावासीले जिल्लाका बजार, पसल एवं यातायात ठप्प बनाइएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

धनकुटा सदरमुकामलगायत पाख्रिबास, छथरजोरपाटी, साँगुरीगढी लगायतका बजारसमेत बन्द हुनाका साथै यातायात सेवासमेत ठप्प छ।

पटकपटकको बन्दका कारण सुनसरीको धरानबाट कोशी पहाडतर्फ सञ्चालित मालवाहक एवं यात्रुवाहक यातयात सञ्चालन नहुँदा तेह्रथुम, संखुवासभा र भोजपुरका लागि दैनिक उपभोग्य सामग्री अभाव हुन थालेपछि त्यहाँको जनजीवन कष्टकर बन्दै गएको स्थानीयवासीको गुनासो छ।

बन्दकर्ताले कोशी राजमार्गको धनकुटा सडकखण्डमा टायर बालेर सवारीसाधन रोकेपछि विभिन्‍न जिल्लाबाट गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु धनकुटाको भेडेटार र सिधुवा क्षेत्रमा अलपत्र परेका छन्।

बन्दमा एम्बुलेन्स, प्रेस, शिक्षण संस्था, दूध र तरकारी बोकेको सवारीसाधन खुला रहेका बताइए पनि विभिन्न ठाउँमा अवरोध भइरहेको गुनासो बढेको छ। गत चार हप्तादेखि प्रदेश राजधानी माग गर्दै आन्दोलनरत धनकुटावासीले आमहडताल गर्न थालेपछि पहाडको जनजीवन कष्टकर बन्दै गएको हो।

प्रदेशको राजधानीको माग राख्दै धनकुटावासी विगत २६ दिनदेखि आन्दोलित छन्। पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा भएकोले साबिकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लाको सदरमुकामसमेत रहेको धनकुटालाई १४ जिल्लाको केन्द्रका रुपमा अस्थायी राजधानी बनाउनुपर्ने धनकुटावासीको माग छ।

 

यो पनि पढ्नुहोस्…

प्रदेश -७ को राजधानी महेन्द्रनगर बनाउनु उपयुक्त-रमेश लेखक

प्रदेश राजधानी माग गर्दै चार दिनदेखि आमहड्ताल

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’