अ
+
अ
अ
-
काठमाडौं- माओवादी मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउबालाई सामूहिक रुपमा राजिनामा बुझाएका छन्।
‘पार्टी नेतृत्वले बिहीबार नै यसबारे निर्णय गरेको र बिहीबार राति बुझाउन नसकेकाले आज मात्र बुझाइएको हो’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने।
राजिनामा दिइएकाले शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा माओवादीका मन्त्रिहरु उपस्थित नभएको उनले बताए।
तर, प्रधानमन्त्री कार्यालयबाट राजिनामा प्राप्त गरिएको पुष्टि गरिएको छैन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले यसबारे जानकारी नभएको बताए।