
दाङ राजधानी सराेकार समितिले दाङलाई राजधानी बनाउन माग गर्दै कडा आन्दोलनका कार्यक्रम तय गरेको छ।
यी हुन् कार्यक्रम:
१. माघ ३ गतेकाे दिनलाई कालाे दिन घाेषणा गर्दै घरघरमा कालाे झन्डा राख्ने।
२. अस्पतालबाहेक सबै सरकारी कार्यालयहरु पुर्णरुपमा बन्द गर्ने।
३. हाेटलसमेत सबै बजार बन्द गर्ने।
४. एम्बुलेन्समा बिरामी हाे कि होइन यकिन गरेरमात्र चल्न दिने बाँकी अटाे, रिक्सा समेत बन्द गर्ने।
५.अासन्न राष्ट्रिय सभाकाे चुनावलाई प्रभावित पार्नेे गरी जिल्लाका सबै जनप्रतिनिधिहरुलाई बन्धक बनाउने।
६. सम्पुर्ण नेता तथा सरकारका प्रतिनिधिहरुलाई जिल्लामा प्रवेश निषेध गर्ने
७. माघ २४ मा दाङमा हुन लागेकाे ५ नं प्रदेशकाे राष्ट्रिय सभा चुनाव हुन नदिने।
८. कुनैपनि प्रकारकाे कर नतिर्ने।
९. राजमार्ग केन्द्रित अान्दाेलनलाई सशक्त बनाउने।
यीलगायत कडा कार्यक्रम तय गरेको छ।