पूर्वडीआइजी सिलवालले भने, प्रतिशोध साध्न मबिरुद्ध नाैटंकी हुँदैछ

पूर्वडीआइजी सिलवालले भने, प्रतिशोध साध्न मबिरुद्ध नाैटंकी हुँदैछ
+
-

प्रतिनिधिसभा सदस्यमा ललितपुर १ बाट निर्वाचित पूर्वडीआइजी नवराज सिलवालले आफूबिरुद्ध राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरिएको आरोप लगाएका छन्।

प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि देशबाहिर रहेका सिलवालले शुक्रबार बिहान ट्विटमार्फत विपक्षीलाई प्रहार गर्न शेरबहादुर देउवा सरकारले नाैटंकी प्रदर्शन गरेको आरोप लगाएका छन्।

उनले ट्विटमा लेखेका छन्, ‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ। समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ।’

आइजी नियुक्ति मुद्दामा अदालतमा कीर्ते कागजात प्रस्तुत गरेको आरोपमा अहिले प्रहरीले सिलवाललाई पक्रन सातै प्रदेशमा सर्कुलर जारी गरेको छ। उनीबिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सम्पर्कबाहिर रहेका सिलवाल अहिले विदेशमा रहेको स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु…

पूर्वडीआइजी तथा सांसद सिलवालविरुद्ध किर्तेमा मुद्दा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?