
वीरगंज- प्रदेश नम्बर २ को राजधानी अस्थायी रुपमा जनकपुर तोकिएपछि वीरगन्ज आफ्नो दाबीसाथ विरोध प्रदर्शनमा जुटेको छ।
प्रदेश २ को राजधानी वीरगन्ज माग गर्दै वीरगन्जमा शुक्रबार वृहत र्याली निकालिएको छ।
सरकारले बुधबार प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि बिरगञ्जमा आन्दोलन सुरु भएको हो।
बीरगञ्जलाई २ नम्बर प्रदेशको प्रादेशिक राजधानी् बनाउने मागसहित चरणबद्ध आन्दोलन गर्दै आएका बीरगञ्ज राजधानी संघर्ष समितिले विगत १४ दिनदेखि आन्दोलन गरिरहेको छ।
यस्तै माघ ४ गतेदेखि बारा, पर्सा, रौतहट बन्दको आह्वान गरेको छ ।
यता, जनकपुरलाई राजधानी तोकिएको खुसीमा जनकपुरवासीले दीप प्रज्जवलन गरी खुसीयाली मनाएका छन्। जनकपुरको जनकचोक र जानकी मन्दिरमा युवाहरुले दीप प्रज्जवलन गरी खुसीयाली मनाएको हो।