मड्रिड – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका लागि उनको पूर्व क्लब म्यानचेस्टर युनाइटेडको ढोका यो पटकका लागि बन्द भएको छ ।
जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले आर्सनलका चिलियन खेलाडी एलेक्स सान्चेजलाई अनुबन्ध गर्ने लगभग पक्का भएपनि जनवरी विण्डोमा रोनाल्डोका लागि युनाइटेडको ढोका बन्द भएको हो ।
रोनाल्डो रियल मड्रिडमा खुशी नरहेको र युनाइटेड फर्किन चाहेका खबर आइरहेका बेला युनाइटेडले सान्चेजलाई ठूलो रकम खर्चिएर अनुबन्ध गर्ने पक्का जस्तै भएको छ ।
यसका लागि युनाइटेडले हेनिरिक मेखितारियन आर्सनलमा अनुबन्ध गर्न बाटो खोलेको छ । अब सान्चेजको युनाइटेड र हेनरिकको आर्सनल यात्राको घोषणा हुन मात्रै बाँकी छ ।
यसले आफ्नो पूर्व क्लब फर्किने रोनाल्डोको प्रयासमा यसपटक ब्रेक लागेको छ । रोनाल्डोले रियल छोड्न चाहेको खबर आइरहे पनि प्रशिक्षक जिनेदिन जिदानले भने रोनाल्डो बिनाको रियल मड्रिड कल्पना पनि गर्न नसक्ने बताएका छन् ।

भर्खरै
लोकप्रिय






































































































































































































