राष्ट्रियसभाका २९ जना उम्मेदवार टुंग्याउँदै एमाले

+
-

काठमाडौं – राष्ट्रियसभा चुनावका लागि उम्मेदवार टुंगो लगाउन एमाले स्थायी समितिको बैठक बस्दैछ । दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकमा राष्ट्रियसभाका लागि बुधबार मनोनयन दर्ता गर्ने उम्मेदवारबारे छलफल हुँदैछ ।

राष्ट्रियसभा निर्वाचित हुने ५६ मध्ये ४३ पदमा वाम गठबन्धनले उम्मेदवा उठाउने निर्णय भइसकेको छ । निर्णयअनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ पद पाउने सहमित भएको छ ।

एमालेको भागमा परेको २९ जना उम्मेवारबारे सोमबार बस्ने स्थायी समिति बैठकले टुंगो लगाउने अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । बैठकमा पार्टी एकताबारे पनि छलफल हुनेछ ।

आइतबार भएको एकता समन्वयन समितिमा भएको कुराहरुको अध्यक्षले ब्रिफिङ गर्ने र एकताबारे थप छलफल गर्ने तयारी गरिएको छ । बैठकमा कुन प्रदेशमा कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धननले सरकार बाउने अवस्था छ । ६ वटा मध्ये प्रदेश नम्बर १, ३, ४ र ५ एमालेको भागमा परेकाले कसलाई मुख्यमन्त्री बनाउने भन्नेबारे छलफल हुनेछ ।

चारवटै प्रदेशमा मुख्यमन्त्रीका लागि एकभन्दा बढी केन्द्रीय नेता नै दाबेदार भएकाले उम्मेदवार छान्न एमालेलाई सकस पर्ने देखिन्छ ।

यस्तै उम्मेदवार टुंगोलगाउन नेकपा माओवादी केन्द्रको बैठक पनि सोमबार दिउँसो पेरिसडाँडामा बस्दैछ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’