मारमा मोटरसाइकल र पैदलयात्रु

मारमा मोटरसाइकल र पैदलयात्रु
+
-

काठमाडौं– काठमाडौं उपत्यकाभित्र चालु आर्थिक वर्षको सुरुको ६ महिनामा भएका सडक दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटरमा सवार छन्। महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस अवधीमा मोटरसाइकल तथा स्कुटरमा सवारले ज्यान गुमाउनेको संख्या ४९ छ। २८ पैदल यात्रुको मृत्यु भएको छ।

ज्यान गुमाउनेमध्ये ६७ पुरुष र २० महिला छन्। गत आर्थिक वर्ष काठमाडौं उपत्यकामा सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या एक सय ८२ थियो। यो तथ्यांक पछिल्लो ६ वर्षयताकै सबैभन्दा बढी हो।

प्रहरी प्रधान कार्यलयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा देशभर पाँच सय ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने एक हजार २५ जना गम्भिर घाइते भएका छन्।
आर्थिक वर्ष सडक दुर्घटनामा देशभर दुई हजार तीन सय ८४ जनाको मृत्यु भएको थियो भने चार हजार दुई सय ५० गम्भिर घाइते भएका थिए। यो तथ्यांंक पनि विगत केही वर्षयताकै सबैभन्दा धेरै हो।

तथ्यांक अनुसार सडक दुर्घटनामा पर्ने सबैभन्दा धेरै सवारी साधनमा मोटरसाइकल तथा स्कुटर पर्छन्। चालु आर्थिक वर्षमा मात्र काठमाडौं उपत्यकामा भएका तीन हजार ६२ सवारी दुर्घटनामा एक हजार नौ सय २४ मोटरसाईकल तथा स्कुटर संलग्न थिए।

ट्रक, ट्रिपर, बस लगायतको लापरबाहीका कारण मोटरसाइकर्ल दुर्घटना बढी हुने गरेका छन्। ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक तथा सवारी दुर्घटनाको सबैभन्द ठुलो कारण चालकको लापरबाही हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’