
धनुषा – धनुषामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । काठमाडौंबाट झापाका लागि छुटेको बा ९ च ३३१४ नम्बरको टाटासुमो धनुषाको गणेशमानचारनाथ नगरपालिका–८ कमलपुरमा शनिबार बिहान साढे २ बजे दुघर्टना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा संखुवासभाकोा धर्मदेवी नगरपालिका–९ का २२ वर्षे छत्रबहादुर जिमी, मोरङको विराटनगर महानगरपालिका–४ की ४५ वर्षे शारदा रेग्मी, मोरङ लेटाङका ४० वर्षे खेमबहादुर राना मगर तथा मोरङकै ३२ वर्षे प्रलाद्ध न्यौपाने रहेको प्रहरीले जनाएको छ ।
यस्तै खोटाङको निर्मल डाँडाका २७ वर्षे ज्ञानबहादुर चौहान र पाँचथरकी ३१ वर्षे प्रणिता राईको पनि ज्यान गएको छ ।
दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । टाटासुमो बाटोको छेउमा रहेको पोखरीमा पल्टिएर दुर्घटना भएको हो ।