
देश सञ्चार
माघ १३, २०७४
अ
+
अ
अ
-
पाँचथर – पाँचथरको याङवरकमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । याङवरक गाउँपालिका–३ मा शुक्रबार राति पौने ११ बजे ग १ ज ६०८५ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा याङवरक गाउँपालिका–३ का १९ वर्षका प्रवेश योङयया र १६ वर्षका सन्दिप योङयाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । उनीहरुको झापामा उपचार भइरहेको छ ।

