काठमाडौं – प्रहरी इनकाउन्टरमा घाइते भएपछि डिल्लीबजार कारागारबाट फरार अभियुक्त टीकाराम थापा ( टिके ) को चितवनस्थित भरतपुर अस्पतालमा उच्च प्रहरी निगरानीमै उपचार भइरहेको छ।
१० दिन अघि डिल्लीबजारस्थित सदरखोरबाट भागेका टिकेले चितवनको रामनगरमा जाँचका क्रममा प्रहरीमाथि गोली चलाएका थिए ।
जवाफी कारवाहीमा दाहिने हात र तिग्रामा गोली लागेपछि उनलाई प्रहरीले पाँच किलोटिर टाढाँ रहेको भरतपुर अस्पतालमा उपचारका लागि पुर्याएका थिए ।
अस्पतालका वरिष्ठ चिकित्सक डा. युवानिधि बसौलाका अनुसार टिकेको आकस्मिक कक्षमा उपचारपछि भर्ना गरिएको छ। उनी प्रहरी हिरासतमै छन्।
‘उनको दाहिने खुट्टा र तिग्रामा गोली लागेको छ । एक्सरे लगायतका परिक्षणले उनी जोखिम मुक्त देखिन्छन,’ डा. बसौलाले देशसञ्चारसँग भने। ’
चोरीको अभियोगमा डिल्लीबजार जेलमा राखिएका उनी गत माघ चार गते राती फरार भएका थिए।