अफगानिस्तान : सैन्य एकेडेमीमा आक्रमण

अफगानिस्तान : सैन्य एकेडेमीमा आक्रमण
+
-

अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य एकेडेमीमा बिद्रोहीले आक्रमण गरेका छन् । सैन्य एकेडेमीमा ठूलो मात्रामा गोली हानाहान भएको तथा विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मार्शल फाहिम राष्ट्रिय सुरक्षा विश्वविद्यालयमा सोमबार बिहानै आक्रमण भएको हो । अहिले पनि गोली हानाहान तथा बम विस्फोटको आवाज आइरहेको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजेदेखि सैन्य एकेडेमीमा आक्रमण सुरु भएको हो । सुरक्षाकर्मीले आक्रमण भएको क्षेत्रमा आवतजावतमा रोक लगाएको टोलो समाचार संस्थाले जनाएको छ । हताहतीको विवरण भने आइसकेको छैन ।

शनिबार काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ राखेर भएको आत्मघाति बम विस्फोटमा १०० जनाको ज्यान गएको थियो । अहिले फेरि सैन्य एकेडेमीमा आक्रमण भएको हो । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) र तालिबानले यस्तो खालका आक्रमण गर्ने गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?