सुनसरी – सुनसरीको इटहरीमा बिहीबार राति ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
इटहरी उपमहानगरपालिका–६ मा राति पौने १० बजे ना ४ ख ५९१४ नम्बरको ट्रकको ठक्करबाट को ७ प ५० नम्बरको मोटरसाइकलका चालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा अन्दाजी ३५ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको धरानमा रहेको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले पक्रेको छ ।
सम्बन्धित समाचारहरु…
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु