
नवलपरासी – नवलपरासीको बर्दघाटमा शुक्रबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
बर्दघाट नगरपालिका–२ चिसापानीमा राति पौने १ बजे ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा अन्दाजी ३० वर्षका पुरुष रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा ज्यान गएको हो ।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेका छन् ।
यो पनि पढ्नुहोस्…