अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                सुर्खेत– ठूलो परिणामको लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्। 
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका –९ दमारगाऊँकी तुल्सी दमाई पक्राउ परेकी हुन्। 
तुल्सीबाट १४ किलो पाँच सय ग्राम अबैध लागुऔषध चरेस बरामद गरिएको छ। बिक्री गर्ने नियतले झोलामा बोकी ल्याएको अवस्थामा ईलाका प्रहरी कार्यालय छिञ्चुबाट खटिएको प्रहरी टोलीले चरेससहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए। 
लागू औषध चरेसको अबैध कारोबार भई रहेको विशेष सूचनाको आधारमा खटिएको विशेष टोली २९ वर्षीय दमाइलाई पक्राउ गरेको थियो। 
दमाईलाई आइतबारदेखि लागू हुने गरी लागू औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































