बालिका बलात्कार गर्नेलाई १० वर्षको कैद सजाय

+
-

महोत्तरी-तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ।

गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र रु ५० हजार जरिवानाको फैसला सुनाइएको छ ।

विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको बेन्चले सो फैसला सुनाएको हो।

जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार भुजेललाई सो रकम पीडित बालिकालाई क्षतिपूर्ति भराई दिने सजाय भई मुद्दा फैसला भएको छ ।

निज प्रतिवादी कुमार भुजेलले रक्सी सेवन गरी भान्जीलाई खेलाउन लान्छु भन्दै गाउँ नजिकैको सीताराम लुंगेलीको उखुबारीमा लगी बलात्कार गरेका थिए।

भाइटीकाका दिन भुजेलले नातामा भान्जी पर्नेलाई बलात्कार गरेको भन्दै २०७३ साल कात्तिक १७ गते इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?