दाङ– दाङमा बुधबार मोटरसाइकलको ठक्करबाट तुलसीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका बुवा ७२ वर्षीय टेकबहादुर पाण्डेको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ एयरपोर्ट नजिक रा ३ प ८७२४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका पाण्डेलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट घाइते भएका पाण्डेको राप्ती अञ्चल अस्पतालमा प्राथमिक उपचार सकेर नेपालगञ्ज लगिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
सम्बन्धित समाचार

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































